नियम २९
आर्थिक र वित्तीय क्षमता खुल्ने कागजात माग गर्न सक्ने
(१) बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताको आर्थिक र बित्तीय क्षमता प्रमाणित गर्ने कागजात माग गर्दा सार्वजनिक निकायले निर्माण कार्यको प्रकृति अनुसार देहायका मध्ये कुनै वा सबै कागजात माग गर्न सक्नेछः--
(क) निजको बैङ्क स्टेटमेण्ट,
(ख) निजको व्यवसाय सम्बन्धी कारोवारको आर्थिक विवरण,
(ग) निजको सम्पत्ति, दायित्व तथा नाफा नोक्सानको विवरण खुल्ने वासलात,
(घ) निजको आर्थिक र वित्तीय हैसियत खुल्ने अन्य कुरा,र
(ङ) बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित अन्य विवरण ।
(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको वासलात माग गर्दा कामको प्रकृति अनुसार विगत दुईदेखि पाँच आर्थिक वर्षको वासलात माग गर्न सकिनेछ ।